व्यावहारिक शिक्षालाई विशेष जोड दिने गरेको यस विद्यालयले अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै ध्यान दिने गरेको छ । बेलवारी नगरपालिकाले प्रथम नागरिकका रूपमा घोषणा गरेको र नगरपालिकाको निर्णयलाई सम्मान गर्दै धिमाल समुदायका विद्यार्थीलाई २५ प्रतिशत छुटमा अध्ययन अध्यापन गराइने व्यवस्था मिलाएको छ ।यस्तै २ जना एकै घरका विद्यार्थी अध्ययनका लागि आउँदा १ जनालाई २५ प्रतिशत छुट दिने गरिएको छ । छोरालाई बोर्डिङ र छोरीलाई सरकारी विद्यालयमा अध्यापन गराउने परिपाटीको अन्त्य गर्ने उद्देश्यसहित छात्रा छात्रवृत्तिको व्यवस्था गरिएको छ, जसअन्तर्गत २ जना एकै परिवारका छात्राहरूलाई मासिक शुल्कमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया