नयाँ वर्षको सुरूवाती कारोबारमै घट्यो सुनको मूल्य, तोलाको कति ?

आइतबार, ०२ बैशाख २०८१
काठमाडौं - नयाँ वर्ष २०८१ सालको सुरूवाती कारोबारमै पहेँलो धातु सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले घटेको छ । यसअघि चैत ३० गते एक लाख ३९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज एक लाख ३६ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, आज तेजावी सुन पनि तोलामा २२ सय रुपैयाँले नै घटेर  प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।चाँदीको मूल्य ५० रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार