१० हजार ४ सय केजी प्याजसहितको गाडी नियन्त्रणमा

सोमबार, १० बैशाख २०८१
बुटवल । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–५ स्थित दोगरा इलाकाबाट वैशाख ९ गते सशस्त्र प्रहरीले करिब ५ लाख ३० हजार रुपैयाँ बराबरको १० हजार ४ सय के.जी. प्याज र बोरा सिलाउने मेशिनसहितको गाडी नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रूपले नेपालमा ल्याई राखेको प्याज र मेशिन ग १ ख ९२२६ नम्बरको आइचर गाडीमा लोड गरिरहेको अवस्थामा नं. २७ गण रुपन्देहीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको सामान र गाडी भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ । गाडीको भन्सार दाखिला मूल्य २५ लाख कायम भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार