प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुदै

बुधबार, ०३ फागुन २०७९
इनरुवामा प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुने भएको छ । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं.१ को आयोजना तथा इनरुवा नगरपालिकाको संयोजनमा फागुन ७ गते देखि १७ गते सम्म इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुन लागेको इटहरीमा पत्रकार सम्मेलन गरि जानकारी दिइयो । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवामा हुने कार्यक्रममा शिक्षा, स्वास्थ्य, खेलकुद, चलचित्र, पत्रकारिता लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिने चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए । कार्यक्रममा चलचित्र प्रदर्शनीका साथै सास्कृतिक कार्यक्रम ,पुस्तक विमोचन , बेबी फेन्सी ड्रेस प्रतियोगिता ,साहित्य सम्मेलन ,उत्कृष्ट तरकारी उत्पादक प्रतियोगिता , विद्यालय स्तरीय नृत्य प्रतियोगिता, नेता भर्सेज अभिनेता फुटवल लगायत अन्य विविध कार्यक्रमहरु आयोजना हुने अध्यक्ष प्रधानले जानकारी दिए । त्यस्तै कार्यक्रममा प्रदेश नं. १ को नाम उच्च राख्न योगदान पुर्याउने चलचित्र क्षेत्रका व्यक्तित्वहरुलाई प्रदेश १ तारा नामले सम्मान गरिने छ । कार्यक्रममा सहभागी अतिथीहरुलाई बराहक्षेत्र नगरपालिकामा रहेको प्रस्तावित फिल्मीसिटीको भ्रमण गराउने  कार्यक्रम समेत रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार