महिला जागरण नेपाल इटहरीको बृहत् आँखा शिविर

शुक्रबार, १४ बैशाख २०८१
इटहरी । सुनसरीको इटहरीमा रहेको महिला जागरण नेपालले स्थापना दिवसको अवसरमा बृहत् आँखा शिविरको आयोजना गरेको छ । इटहरी ५ मा ८ वर्ष अघि स्थापना भएको जागरण नेपालले सामाजिक सेवा रहेर कामहरू गर्दे आएको छ । इटहरी स्थित नवदृष्टि आँखा अस्पताल सँगको सहकार्यमा आयोजित शिविरमा १ सय ५८ जना सर्बसधारणको आँखा परीक्षण गरिएको संस्थाकी अध्यक्ष कमला अधिकारीले बताइन । नवदृष्टि आँखा अस्पतालका दृष्टि विशेषज्ञ राकेश थापाको संयोजनमा गरिएको परीक्षणमा १२ जना मोतिया बिन्दुका रोगी फेला परेको थिए । यस्तै ४ जना सर्बसधारणको आँखामा परीक्षणका क्रममा मासु पलाएको भेटिएको अस्पतालले जनाएको छ । शिविरमा २५ जना आँखाका बिरामीहरूलाई सौलियत रूपमा चस्मा समेत वितरण गरिएको आयोजक संस्थाले जनाएको छ । शिविरमा इटहरीका ५,६,१,२०तथा १७ नम्बर वडाका सर्बसाधारणहरुले सहभागिता जनाएको संस्थाले जनाएको छ । यता पछिल्लो समय नवदृष्टिले समुदायमा आधारित भएर आँखा परीक्षण गर्ने कार्यलाई तीव्रता दिएको जनाइएको छ । पूर्वी नेपालमा क्रियाशील विभिन्न सङ्घ संस्थाहरु सँगको समन्वयमा एक महिनाको अवधिमा खोटाङ,गाईघाट,मोरङको बेलबारी,शुन्दरहरैचा तथा इटहरीका विभिन्न वडाहरूमा निःशुल्क आँखा शिविरको आयोजना गरी २ हजार भन्दा बढी सर्वसाधारणको आँखा परीक्षण गरिएको अस्पतालले जनाएको छ । अस्पताललाई समुदाय प्रति जिम्मेवार बनाउँदै सामाजिक उत्तरदायित्व अन्तर्गत शिविर,खुल्ला परीक्षण तथा सचेतनाका कामहरू गर्दै आएको संस्थापक विजय गौतमले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार