इलाममा भ्यान दुर्घटना हुँदा एक मृत्यु

बुधबार, १९ बैशाख २०८१
इलाम- मेची राजमार्गअन्तर्गत रोङ–४ को बाघखोरमा भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बुधबार बिहान झापाबाट इलामतर्फ आउँदै गरेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान अनियन्त्रित भइ राजमार्गबाट करिब पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । बिहान ५ बजे भएको दुर्घटनामा अन्दाजी २४/२५ वर्षको एक पुरुष मृत आवस्थामा फेला परेको डिएसपी प्रकास जबेगूले बताए  ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार