ताप्लेजुङ पर्यटन महोत्सवमा प्रधानमन्त्री दाहाललाई निम्तो

शुक्रबार, २१ बैशाख २०८१
ताप्लेजुङ / ताप्लेजुङ पर्यटन महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निम्तो दिइएको छ । जेठ ३ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने ताप्लेजुङ पर्यटन महोत्सवमा उपस्थितका लागि दाहाललाई निम्तो दिइएको हो । निम्तो प्रधानमन्त्री दाहालले ग्रहण गरेका छन् । प्रतिनिधिसभा सदस्य तथा पूर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराई,प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिम, जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामा र फुङलिङ नगरपालिका नगरप्रमुख अमिर मादेनले प्रधानमन्त्री दाहाललाई महोत्सवको विषयमा जानकारी समेत गराएका थिए । प्रतिनिधिसभा सदस्य भट्टराईले प्रधानमन्त्रीलाई निम्तो पत्र बुझाएर छलफल गरेको बताए । उनले प्रधानमन्त्री दाहालले निम्तो स्वीकार गरेको समेत बताएका छन् । महोत्सवमा प्रधानमन्त्रीले प्रमुख अतिथिको रूपमा निम्तो ग्रहण गरेपछि महोत्सव माहौल बढेको छ । जिल्लाको समसामयिक विषयमा ध्यानाकर्षण गर्न पाउने मौका समेत भएको जिल्लावासीको भनाई छ । जिसस प्रमुख तथा महोत्सव संयोजक छिरिङ लामाले महोत्सवमार्फत जिल्लाको पर्यटन क्षेत्रको प्रचार प्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार