गुम्बा निर्माणमा सहयोगीलाई सम्मान

आइतबार, २३ बैशाख २०८१
इलाम / गुम्बा निर्माणमा सहयोग गर्नेहरूलाई सम्मान गरिएको छ । सन्दकपुर गाउँपालिका ५ मा जमुनामा रहेको साङ्ग छोलिङ बौद्ध गुम्बा निर्माणमा सहयोग गर्नेहरूलाई सम्मान गरिएको हो । एक कार्यक्रमका बिच गुम्बा निर्माणका लागि जग्गा दान दिने, आर्थिक श्रोत जुटाउन सहयोग गर्ने व्यक्तिलाई सम्मान गरिएको जनाइएको छ । गाउँपालिकाका निर्वतमान अध्यक्ष उदय राई, समाजसेवी तुल बहादुर गुरुङ, ठाकुर गुरुङ, दिननाथ भट्टराई, भोज बहादुर गुरुङ, ओम बहादुर गुरुङ, नेत्र गुरुङ र कृष्ण गुरुङलाई सम्मान गरिएको वडाध्यक्ष यज्ञ बहादुर गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार