इलाम / इलाममा गएको १५ गते उप निर्वाचन सम्पन्न भयो । उपनिर्वाचनमा १२ वटा पार्टी र सात जना स्वतन्त्र उम्मेद्धारहरु चुनावी मैदानमा थिए । यो चुनावमा दश जना उम्मेद्धारले एक मत नै ल्याउन सकेनन् ।
निकै तामझाम सहित सयौँको संख्यामा हिँड्नेहरूले समेत एक सय मत ल्याउन नसकेका हुन् । उम्मेद्धारसँग भोट माग्दै हिँड्ने इलाम दुई बाहिरका मतदाता भएका कारण पनि यहाँ उनीहरूले सय मत प्राप्त गर्न नसकेका हुन् ।
स्वतन्त्र उम्मेदवार मात्र हैन सय मत नल्याउनेमा ४ राजनीतिक दल समेत रहेका छन् ।
राजनीतिक दलमा राष्ट्रिय मुक्ति आन्दोलन, राप्रपा नेपाल, नेसनल रिपब्लिक नेपाल र नेपाल मजदुर किसान पार्टी रहेका छन् । उनीहरूले एक सय मत नै ल्याएनन् ।
कसले कति ल्याए त ?
स्वतन्त्र अर्जुनबहादुर शाही (डोजर)ले ५५ मत, राष्ट्रिय मुक्ति आन्दोलन दलका जयवन्त विक्रम शाह (सटकोण) र राप्रपा नेपालका गणेशबहादुर चौहान (तिर)ले समान ४३–४३ मत ल्याएका छन् ।
स्वतन्त्र राज बस्याल (जुँगा सहितको अनुहार)ले ३८ मत नेसनल रिपब्लिक नेपाल पार्टीका उम्मेद्वार धनराज राना मगर (उडिरहेको माहुरी)ले ३६ मत, नेपाल मजदुर किसान पार्टी श्यामबहादुर दर्जी (मादल) ३३, स्वतन्त्र दिपेश बोहरा (सिरिन्ज) २१ मत पाएका छन् ।
स्वतन्त्र डाकप्रसाद गौतम (महिला) ले १४ मत, मनोज निरौला (माछा) ले १२ योगेन्द्र गुरुले (कैँची)ले ४ मत मात्र ल्याउन सफल भए । उनीहरू चुनावमा असफल भए पनि सो सङ्ख्यामा मत ल्याउन सफल भएका हुन् ।
६९ हजार ३ सय ७४ मत गणना गर्दा ६८ हजार ४ सय ७२ सदर मत र ९ सय २ मत बदर भएको थियो ।
सो चुनावबाट एमालेका उम्मेदवार विजयी भए भने नेपाली काँग्रेसले दोस्रो मत ल्याएको थियो ।
प्रतिक्रिया