मोरङको क्षेत्र नम्बर ६(२) मा प्रदेश १ का आन्तरीक मामिला तथा कानुन मन्त्री केदार कार्कीले सुरूवातदेखि निरन्तर अग्रता कायम गरेका छन् । विराटनगर महानगरपालिकाको ६ नम्बर वडाको मत गणना गर्दा कार्कीले ७३९ मतले अग्रता लिएका हुन् ।
अहिले यो वडामा गणना भइरहेको छ । कार्कीले ३ हजार ३९२ मत ल्याएर अग्रता कायम गर्दा एमालेका उम्मेदवार पर्शुराम बस्नेतले २ हजार ६५३ मत ल्याएर पछ्याउँदैछन् ।
प्रतिक्रिया