नवलपरासी १ मा हृदयेश त्रिपाठीलाई हराउँदै विनोद चौधरी निर्वाचित

शुक्रबार, ०९ मंसिर २०७९
पश्चिम नवलपरासी १ बाट नेपाली काग्रेसका उम्मेदवार उद्योगपति विनोद चौधरी विजयी भएका छन्। उनले जनता प्रगतिशिल पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८५ मतान्तरले पराजित गरेका हुन। चौधरीले २९ हजार ४ सय ९५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गरेका छन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरी तेस्रो स्थानमा रहेका छन् । यो क्षेत्रमा ८४ हजार ३ सय ३ मत खसेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार