इटहरीको शिक्षा सुधार गर्न ३६ वटा सामुदायिक विद्यालयको एउटै संकल्प

बुधबार, २३ जेठ २०८१
इटहरी : इटहरीको शिक्षा सुधार गर्ने मेयर हेमकर्ण पौडेलको अभियानमा इटहरीका सबै सामुदायिक विद्यालयले साथ दिएका छन् । इटहरीका ३६ वटा सामुदायिक विद्यालय व्यवस्थापन समिति र अभिभावक संघहरूले ३० बुँदे साझा संकल्प पत्र सार्वजनिक गर्दै शिक्षा सुधारमा लाग्ने बताएका हुन् । आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउने, अंग्रेजी माध्यामलाई पनि प्रथामिकताका साथ पढाउने, कक्षा ९ देखि माथि पढ्दै कमाउँदै कार्यक्रमलाई प्रथामिकता दिने, अभिभावक र समुदायलाई जोड्न घरदैलो कार्यक्रम गर्नेजस्ता कार्यक्रम साझा संकल्पको रूपमा अगाडि सारेका हुन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका सवालमा लाग्दै इटहरी उपमहानगरले निकालेको संकल्प पत्रलाई पालना गर्दै सार्वजनिक शिक्षा सुधारको देशमै नमुना नगर बनाउने अभियानमा लाग्ने संकल्प पत्रमा भनिएको छ । शिक्षा सुधारको लागि विभिन्न प्रकारका तालिम, सभा, सम्मेलन, अन्तरक्रिया, छलफल, योजना निर्माण आदि गरी शिक्षाको गुणस्तर उकास्ने प्रयत्न गरिँदै लैजाने संकल्प पत्रमा उल्लेख गरिएको छ । शैक्षिक गुणस्तर उकास्न तथा शैक्षिक उपलब्धी वृद्धि गर्न गरिएका अनेकौं कार्यमा करोडौं रकम खर्चेर पनि प्रतिफल निराशाजनक हुने गरेको भन्दै इटहरीमा सबै सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ स्तर बढाउँदै लैजाने भनिएको छ । मानव समुदायलाई आधुनिकता सँगसँगै मानवीकी उन्नति र प्रगतितर्फ बढ्न शिक्षाले उत्प्रेरणा दिए भन्दै इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले शिक्षा सुधार अभियान अगाडि बढाएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार