विराटनगर / सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय धनगढीमा कार्यरत शाखा अधिकृतले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको खुलेको छ ।
सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयका सातौँ तहका शाखा अधिकृत लक्ष्मण शाहले भारतको उत्तर प्रदेश राज्यको माध्यमिक शिक्षा परिषदबाट इन्टरमिडियट (कक्षा १२) तहको परीक्षा उत्तीर्ण गरेको भनी झुटा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
शाहले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी कम्प्युटर अपरेटर हुँदै शाखा अधिकृतसम्म भएका विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर भएको छ ।
प्रतिक्रिया