नेपालको पहिलो रक गायक माइक मुकुन्द खड्काको निधन

विहीबार, ११ फागुन २०७९
विराटनगर। नेपालको पहिलो रक गायक माइक मुकुन्द खड्काको निधन भएको छ । उनको ६९ वर्षको उमेरमा बिहान आफ्नै घर ललितपुरको पुल्चोकमा निधन भएको हो। नेपाली, अङ्ग्रेजी, हिन्दी गीत सङ्गीतका ज्ञाता माइक खड्काले शास्त्रीय गायक रङ्गराव कादम्बरीबाट सङ्गीत सिकेका थिए । उनले गायक ओमविक्रम विष्ट, अरुण थापा, दिव्य खालिङसित साङ्गीतिक सहकार्य गरेका छन । सन् १९५५ जनवरी १४ तारिखमा जावलाखेलमा जन्मिएका खड्का क्लासिक एफएमको निर्देशकसमेत थिए । उनले सञ्चालन गरेको कार्यक्रम युवामाझ लोकप्रिय थियो । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ । खड्काकी श्रीमती र एक छोरा छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार