विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको कान्तिपुर कलेज पछिल्लो समय विद्यार्थीको रोजाइमा पर्न थालेको छ । गुणस्तरीय शिक्षा प्रदान गर्दै छुट्टै पहिचान बनाउन सफल भएको विराटनगर – १० स्थित कलेजमा भर्ना हुन आउने विद्यार्थीको यतिखेर भिड लाग्न थालेको छ ।
सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्राध्यापक, शिक्षक शिक्षिकाहरूका कारण आफ्ना छोराछोरी पढाउन धेरै अभिभावकको रोजाइमा कान्तिपुर परेको छ । त्यसको आज बिहान कलेजले लिएको प्रवेश परीक्षाले पनि पुष्टि गरिदिएको छ । कक्षा ११ मा ८ सय ५० जनाको कोटाको लागि लिएको प्रवेश परीक्षामा १ हजार ३३७ जनाले परीक्षा दिएको कलेजका प्रमुख कार्यकारी अधिकृत विष्णु दाहालले बताए ।
कक्षा ११ को विज्ञान सङ्कायमा कान्तिपुरमा ३५० जनाको कोटामा ६०३ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । त्यसैगरी ३५० जना व्यवस्थापन संकायको लागि लिएको परीक्षामा ४९७ जना र होटेल व्यवस्थापनको १५० जनाको कोटाको लागि लिएको परीक्षामा २३७ जना विद्यार्थीले परीक्षा दिएको कलेज प्रशासनले जनाएको छ ।
प्रवेश परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई कलेजले भर्ना लिनेछ । प्रवेश परीक्षाको नतिजा पनि बुधवार साँझमै प्रकाशित गर्ने बताएको छ । ‘छिटो र क्षरितो तरिकाले हामीले लोकसेवाको लिने जसरी कम्प्युटरको माध्यमबाट प्रवेश परीक्षा लिएका छौँ,’ प्रमुख कार्यकारी अधिकृत दाहालले भने, ‘आज छुटेका विद्यार्थीको लागि पनि हामीले अर्को दिनमा प्रवेश परीक्षा लिने तयारी गरिएको छ ।’
गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले अभिभावक र विद्यार्थीको पहिलो रोजाइ कान्तिपुर कलेज पर्ने गरेको छ । यस कलेज पढ्ने विद्यार्थीहरूले प्रत्येक वर्ष मेडिकल र इन्जिनियरिङको क्षेत्रमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल हुँदै आएका छन् । त्यसै कारणले पनि विद्यार्थीको रोजाइमा कान्तिपुर पर्ने गरेको हो ।
विज्ञान, व्यवस्थापन, होटेल व्यवस्थापन, र कम्प्युटर विज्ञान पठाइ हुने उक्त कलेजमा २०७२ सादेखि नयाँ व्यवस्थापन आएर कलेज सञ्चालनमा ल्याएपछि सर्वोत्कृष्ट नतिजा ल्याउन सफल छ ।
यस कलेजदेखि उत्तीर्ण भएका मध्ये इन्जिनियरिङमा १ सयभन्दा बढी, मेडिकल क्षेत्रमा ७५, सिए, बिबिए र अन्य विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूले नाम निकाल्नुको साथै पूर्ण छात्रवृत्ति पनि पाएको कलेजले जनाएको छ । कलेजमा भर्ना हुने विद्यार्थीहरूको लागि निःशुल्क कोचिङ कक्षाको पनि व्यवस्था गरेको छ ।
‘भर्ना हुने जति पनि विद्यार्थीहरूलाई हामीले दक्ष प्राध्यापक र शिक्षकहरूले पठन–पाठनको व्यवस्था गरेका छौँ,’ कलेजका प्रिन्सिपल भुवन नेपालले भने, ‘मेडिकल, इन्जिनियरिङ, सिम्याट, क्षेत्रमा नाम निकाल्न सहज होस भनेर हामीले तयारी कक्षाहरू सञ्चालनमा ल्याएका छौँ । त्यसको लागि अनुभवी प्राध्यापकहरू रहेका छन् ।’ विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न योग्य बनाउने र देशको लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले अगाडी बढेको छ ।
कलेजले विद्यार्थीलाई नियमित मूल्याङ्कन गरी वर्षै भरी विशेष कोचिङको व्यवस्था गर्ने कलेजमा शतप्रतिशतसम्म छात्रवृत्तिको पनि व्यवस्था छ ।
पूर्व मेचीदेखि जनकपुर, सिराहा, सप्तरीलगायत कोशी प्रदेशका पहाडी जिल्लाका विद्यार्थीहरूको पहिलो रोजाइमा कान्तिपुर परेको उनले बताए । विद्यार्थीको सहजको लागि कलेजले यातायातको व्यवस्था गर्नुको साथै इ–लाइब्रेरी र छुटा छुट्टै छात्र–छात्राको लागि होस्टेलको व्यवस्था पनि रहेको छ । #Advt
प्रतिक्रिया