इटहरी: केही दिन अघिदेखि परेको अविरल वर्षाका कारण पठनपाठनमा समस्या आएको भन्दै इटहरी उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिइएको छ ।
इटहरी उपमहानगरपालिकाले आज (आइतबार) यहाँ रहेका सबै विद्यालयहरूमा बिदा दिने सूचना जारी गर्दै बिदा दिएको जनाएको छ ।
इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले सूचना जारी गर्दै निरन्तरको वर्षाका कारण पठनपाठन गर्न समस्या भएका कारण बिदा दिइएको जनाएका छन् ।
बिदाको दिन पठनपाठनसहित परीक्षासमेत सञ्चालन नगर्न(नगराउन सूचनामा उल्लेख गरिएको छ ।केही दिन यता कोशी प्रदेशसहित देशैभर निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित बन्दै आएको छ ।
प्रतिक्रिया