आजको मौसम, केही प्रदेशमा भारी वर्षाको सम्भावना

सोमबार, २४ असार २०८१
काठमाडौं । नेपालमा मनसुनको सक्रियता कम भइ वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ । नेपाल नजिक रहेको मनसुन न्यून चापीय रेखा आजदेखि दक्षिणतिर सर्दै जाने हुदाँ वर्षामा कमि आउन सक्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्य बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एकदुई  स्थानमा  हल्का वर्षा भइरहेको छ । दिउँसो भने सबै प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार केही दिनसम्म कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि वर्षा र केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश, बागमती, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाले वर्षाका कारण हुन सक्ने क्षतीको लागि आवश्यक सचेतता तथा पूर्व तयारी अपनाउन सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार