लामो समयसम्म पत्रकारितामा क्रियाशील जस दा संरचना साप्ताहिक र पिपुुल्स रिभ्युु पत्रिकाकी सम्पादक थिइन् । प्रतिष्ठानले हरेक वर्ष पत्रकार तथा साहित्यकारलाई यो पुरस्कार प्रदान गर्दै आएको छ । दार्जिलिङको मिरिक निवासी कैलाशीका रिसाहा भुुँड (कविता सङ्ग्रह), क्षितिज खोज्दै (नियात्रा सङ्ग्रह), जुनको हत्या (कथा सङ्ग्रह), भ्रमित (उपन्यास), मित्याङसा र उत्ताल (आख्यान) प्रकाशित छन् ।प्रतिष्ठान र पुरस्कारको विषयमा साहित्यकार विमल वैद्यले प्रकाश पारेका थिए । यस अघि छ जना पत्रकार तथा साहित्यकारलाई यो पुरस्कार प्रदान गरिसकिएको छ । यसअघि अन्वेश थुुलुुङ, वालिका थपलिया, सोमनाथ सुसेली, सुन्दर कुुरुप, देवेन्द्र सोक्तेन र चन्द्र भण्डारीले जस दा स्मृति पुरस्कार प्राप्त गरेका हुन् । सोही अवसरमा साहित्य कला सङ्गीत प्रतिष्ठानकी संस्थापक अध्यक्ष साहित्यकार टिका घिमिरेलाई पनि सम्मान गरियो ।
प्रतिक्रिया