ताप्लेजुङ गोल्डकप : भदौ ३ गतेबाट

आइतबार, ३० असार २०८१
ताप्लेजुङ / दोस्रो चरणको ताप्लेजुङ गोल्डकप–२०८१ आगामी भदौ ३ गतेदेखि आयोजना हुने भएको छ । लाखे जात्राको अवसरमा हुने गोल्डकप भदौ ३ देखि १० गतेसम्म आयोजना हुने भएको हो । लाखे जात्रा सञ्चालन समितिको आयोजना हुने ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता सदरमुकाम फुङ्लिङमा सञ्चालन हुने छ । प्रतियोगितालाई यस वर्ष विगतमा भन्दा थप व्यवस्थित र विशिष्ट बनाउने गरी तयारीमा लाग्ने निर्णय भएकोसमेत समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए । समिति अध्यक्ष गुरुङका अनुसार यस पटकदेखि गोल्डकप प्रतियोगिताको पुरस्कार राशि पनि बढाउने विषयमा छलफल भएको छ । प्रतियोगितालाई विशिष्ट बनाउन नेपालका नाम चलेका ‘ए’ डिभिजन क्लबहरूलाई आमन्त्रण गर्ने निर्णय गरिएको पनि उनले बताए । यसअघि ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताका विजेताले तीन लाख ११ हजार १११ र उपविजेताले एक लाख ११ हजार १११ रुपियाँ राशिको नगद पुरस्कार पाउँदै आएका थिए । यस वर्षदेखि पुरस्कार राशि कति वृद्धि गर्ने भन्ने विषयमा समितिको अर्को बैठक बसेर निर्णय गरिने अध्यक्ष गुरुङको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार