अपराधका घटनामा बृद्धि

विहीबार, ०३ साउन २०८१
इलाम / जिल्लामा पछिल्लो समय अपराधका घटना बढ्दै गएका छन् । अघिल्ला आर्थिक वर्षको तुलनामा २०८०र०८१ सालमा अभद्र व्यवहार, भवितव्य ज्यान, कर्तव्य ज्यान, लागुऔषाध, सवारी ज्यानलगायत मुद्दाको सङ्ख्यामा वृद्धि भएको हो । आव ०८०र०८१ र त्यसअघिको आवमा भएका घटना तुलना गर्दा पछिल्ला दिनमा अपराधका घटना बढ्दै गएका छन् । गत वर्ष प्रहरीमा तीन सय ७५ मुद्दा दर्ता भए । तीमध्ये एक सय ८२ फर्स्योट भए भने एक सय ९३ मुद्दा बाँकी छन् । आव २०७९र०८० मा चाहिँ जम्मा मुद्दाको सङ्ख्या तीन सय ५८ थियो । त्यो साल एक सय ९३ मुद्दा फर्स्योट भएका थिए भने एक सय ६५ बाँकी थिए । प्रहरीले आव ०८०र०८१ मा कर्तव्य ज्यानका नौ, ज्यान मार्ने उद्योगका दुई मुद्दा दर्ता भएको जनाएको छ । त्यसअघिको वर्ष कर्तव्य ज्यानका छ र ज्यान मार्ने उद्योगका आठ मुद्दा दर्ता थिए । जिल्लामा लागु औषधका घटनाको सङ्ख्या पनि बढिरहेको छ । गत आव लागु औषधका १८ मुद्दा दर्ता भएकामा अघिल्लो वर्ष १४ थिए । प्रहरीले लागु औषध चाहिँ जिल्लाको मुख्य समस्या बनिरहेको जनाएको छ । इलामका जिल्ला प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालका अनुसार लागु औषध नियन्त्रणलाई प्रहरीले प्राथमिकता राखेको छ । सवारी दुर्घटनाको सङ्ख्या पनि बढेको देखिएको छ । आव ०८०र०८१ मा जिल्लामा ५६ सवारी साधन दुर्घटना भएका छन् । यी घटनामा १५ जनाको मृत्यु भएको छ । अघिल्लो वर्ष दुर्घटनाको सङ्ख्या ४५ रहेकामा १२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार