एक वर्षमा ताप्लेजुङमा विपदबाट नौ जनाको मृत्यु

शनिबार, ०५ साउन २०८१
  ताप्लेजुङ / आर्थिक वर्ष २०८०।८१ को एक बर्षको अवधिमा ६४ वटा विपद्का घटना भएका छन् । जसबाट ९ जनाको मृत्यु छ । ३ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईका अनुसार आव २०७९।८० बाट चट्याङ र बाढी तथा पहिरोबाट ३–३ गरी ६ जनाको मृत्यु भएको थियो । आव २०८०।८१ मा विपद्का घटनाबाट ६४ निजी घर पूर्ण रूपमा क्षति भएको छ । आव २०७९।८० मा ५८ निजी घर पूर्ण तथा २ घर आंशिक रूपमा क्षति भएको थियो । जिल्ला विपद् व्यवस्थापन समितिले आव २०८०।८१ मा २४ लाख ८ हजार रुपैयाँ राहत रकम वितरण गरेको छ । आव २०७९।८० मा विपद् प्रभावितलाई १५ लाख १८ हजार रुपैयाँ राहत रकम वितरण गरिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार