कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे

शनिबार, ०५ साउन २०८१
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनीत भएका छन्। कांग्रेस संसदीय दलका नेता तथा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले घिमरेलाई प्रमुख सचेतकमा मनोनीत गरेका हुन्। देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (१) बमोजिम घिमिरेलाई मनोनयन गरिएको हो। प्रमुख सचेतक रमेश लेखक गृहमन्त्रीमा नियुक्त भएपछि उक्त पद रिक्त रहेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार