मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने

आइतबार, ०६ साउन २०८१
विराटनगर / बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज राजीनामा दिने भएका छन् । बागमती प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि आज प्रदेश सभाको बैठक बस्दै छ ।
तर विश्वासको मत प्राप्त नहुने निश्चित भएसँगै उनले आजै राजीनामा दिने भएका हुन् ।
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन भन्दै यसअघि प्रदेश सभा सचिवालय बैठकमा समय व्यवस्थापनका लागि पत्र दर्ता गराएका थिए ।
प्रदेश सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभा बैठकमा आफ्नो भनाइ राख्ने र पदबाट राजीनामा दिने गरी सत्ता गठबन्धनमा रहेका दलहरूबिच पछिल्लो पटक छलफल भएको थियो ।
सोही अनुसार मुख्यमन्त्रीले प्रदेश सभाबाटै पदबाट राजीनामा दिने जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार