तरुणदलद्धारा वृक्षारोपण

आइतबार, ०६ साउन २०८१
इलाम (मङ्गलवारे ) : इलामको देउमाई नगरपालिका ४ मा रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल देविडाँडामा वृक्षारोपण गरिएको छ । नेपाल तरुण दल देउमाई नगर समितिले वृक्षारोपण गरेको हो । देविडाँडामा गुराँस , सल्ला , धुपी , लगायतका बिरुवा रोपिएको तरुण दल देउमाईका सभापति विमल खम्बुले जानकारी दिए । उनका अनुसार ४२ औ बिपी स्मृति दिवसको अवसरमा वृक्षारोपण गरिएको हो । सो अवसरमा देविडाँडामा सरसफाई समेत गरिएको छ । आज नेपाली काँग्रेस तथा पार्टीका भात्रृ एवम् शुभचिन्तक सङ्घसंस्थाले देशैभर विभिन्न कार्यक्रमको आयोजना गरेर विश्वेश्वर प्रसाद कोइरालालाई स्मरण गरिरहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार