मोरङमा बाटो काटिरहेका पैदलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु

आइतबार, ०६ साउन २०८१
मोरङ : मोरङको उर्लाबारी नगरपालिका ४ बक्राहास्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पथरीबाट उर्लाबारीतर्फ जाँदै गरेको मे १ ख २३६३ नम्बरको बसले बाटो काट्दै गरेका उर्लाबारी २ सुनझोराका ६५ वर्षीय गज धिमाललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारार्थ बी एण्ड सी अस्पताल बिर्तामोड पुर्याउनाथ डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ । बस र चालक झापाको मेची नगरपालिका ६ का ४५ वर्षीय उद्धव कुमार मोक्तानलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार