गाउँपालिकाद्वारा ४३ हजार पशुलाई खोप

सोमबार, ०७ साउन २०८१
चुलाचुली : इलामको चुलाचुली गाउँपालिकामा ४३ हजार भन्दा बढी पशुहरूलाई खोप दिइएको छ । गाउँपालिकाको पशु शाखाले खोप अभियान सञ्चालन गरेर गाउँपालिकाको ६ वटै वडामा विभिन्न प्रकारका रोगहरूको खोप दिएको हो । पालिकामा गाई, भैँसी, बङ्गुर तथा बाख्राहरू लाई खोरेत विरुद्धको खोप, सिपिआर, स्वाइन फिबर, लम्की स्किन विरुद्धको खोप लगाइएको जनाइएको छ । पशु स्वास्थ्य शाखा प्रमुख महेश राईका अनुसार खोरेत विरुद्धको खोप १३ हजार २ सय पशुहरूलाई लगाइएको छ । त्यसै गरी बाख्रालाई लक्षित गरेर २० हजार सिपिआर खोप लगाइएको छ । स्वाइन फीभरको ५ हजार र लम्की स्किनको ५ हजार ४ सय पशुलाई खोप लगाइएको हो । गत फागुन देखि असार सम्म अभियान नै सञ्चालन गरेर खोप पशुमा खोप लगाइएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार