सुनसरीमा एसईईको ग्रेडवृद्धि परीक्षाका लागि दश वटा केन्द्र तोकियो

शुक्रबार, ११ साउन २०८१
इटहरी : एसईईको ग्रेडवृद्धि परीक्षाका लागि सुनसरीमा दश वटा केन्द्र तोकिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक ग्रेडवृद्धिका लागि जिल्लामा दश वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । इटहरी र धरान उपमहानगरपालिकामा दुई/दुई वटा, इनरुवा, दुहवी, रामधुनी र बराहक्षेत्र नगरपालिकामा एक/एक वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ सुनसरीले जनाएको छ । उता हरिनगर गाउँपालिकामा एउटा परीक्षा केन्द्र तोकिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ सुनसरीका प्रमुख खगेन्द्र सुवेदीका अनुसार इनरुवा नगरपालिकाको शारदा माध्यमिक विद्यालय, दुहवीको सरस्वती माध्यमिक विद्यालय, इटहरी उपमहानगरपालिकाको जनता मावि र ज्योति मावि, धरानको पब्लिक हाइस्कूलसहित दुई, हरिनगर गाउँपालिकाको हरिनगारा मावि, रामधुनीको भासि मावि र बराहक्षेत्र नगरपालिकाको जनता मावि गरी दश वटा परीक्षा केन्द्र तोकिएको छ । ग्रेडवृद्धि परीक्षामा जिल्लाभर पाँच हजार ४०० जना परीक्षार्थी सामेल हुने उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार