सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

आइतबार, १३ साउन २०८१
काठमाडौँ । आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलाको एक हजारले बढेर एक लाख ४५ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस अघि शुक्रवार सुनको मूल्य तोलाको १ लाख ४४ हजार ७ सय रहेको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४५ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ बढेर तोलाको १७४० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार