सम्बन्ध विच्छेदका ५७ प्रतिशत मुद्दा

सोमबार, १४ साउन २०८१
ताप्लेजुङ / पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् । गएको आर्थिक वर्षमा ताप्लेजुङमा समेत बसैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका नै रहेको पाइएको छ । आर्थिक वर्ष २०८०।८१ मा दर्ता भएका कूल ३ सय ५५ थान मुद्दामध्ये २ सय २ थान मुद्दा सम्बन्ध विच्छेदका रहेका थिए । आव २०८०।८१ मा नयाँ लगतको रूपमा दर्ता भएका मुद्दामध्ये सम्बन्ध विच्छेदका मुद्दा मात्र ५७ प्रतिशत हाराहारी रहेको ताप्लेजुङ जिल्ला अदालतले जनाएको छ । जिल्ला अदालतका श्रेष्तेदार९उपसचिव० मनोज बरालका अनुसार आव २०८०।८१ मा जिम्मेवारी सरी आएका ४१ सहित अदालतमा सम्बन्ध विच्छेदका मात्र २ सय ४३ थान मुद्दा रहेका थिए । आव २०७९।८० बाट आव २०८०।८१ मा जिम्मेवारी सरी आएका १ सय ४० र आव २०८०।८१ मा नयाँ लगतको रूपमा दर्ता भएका ३ सय ५५ गरी आव २०८०।८१ मा कूल ४ सय ९५ थान मुद्दा रहेका थिए । त्यसमध्ये २ सय ४३ थान सम्बन्ध विच्छेदका रहेकोमा आव २०८०।८१ मा २ सय १ थान मुद्दाको फर्स्यौट गरी चालू आव २०८१।८२ का लागि सम्बन्ध विच्छेदका ४२ थान मुद्दा जिम्मेवारी सरी आएका छन् । जिम्मेवारी सरी आएका सहित आव २०८०।८१ मा रहेका कूल मुद्दाका हिसाबले सम्बन्ध विच्छेदका मुद्दा ५० प्रतिशत र नयाँ लगतको रूपमा आव २०८०।८१ मा दर्ता भएका मुद्दाका हिसाबले करिब ५७ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका रहेको जिल्ला अदालतले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार