इलाम / सन्दकपुर गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणाका लागि पहल थालिएको छ ।
बालमैत्री पालिका घोषणा गर्ने तयारीका साथ काम भइरहेको हो । गाउँपालिकाले वडा नम्बर ३ सुलुबुङलाई बालमैत्री वडा बनाएको छ । चालु आर्थिक वर्षमा वडा नम्बर २ र ४ लाई बालमैत्री वडा बनाउने छ ।
आउँदो आर्थिक वर्षमा वडा नम्बर १ र ५ सँगै बालमैत्री पालिका घोषणा गर्ने तयारीका साथ काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव राउतले जानकारी गराए ।
औपचारिक रूपमा वडा बालमैत्रीको लागि बाल दिवसको दिन गरिने वडाध्यक्ष लीलबहादुर बुर्जाले जानकारी दिए ।
मानव अधिकार मञ्चको प्राविधिक सहयोगमा बालमैत्री अभियानलाई जिल्ला समन्वय समिति इलामले समेत घोषणा गर्न सहमति पत्र दिएपछि गाउँपालिकाले वडालाई प्रमाण पत्र प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले स्थानीय शासन अवलम्बन गरी गाउँपालिकालाई २०८३ सम्ममा बालमैत्री पालिका बनाउने लक्ष्य लिएको छ ।
९ सय ६७ जना बालबालिका रहेको वडा नम्बर ३ मा ४ सय ९४ बालक र ४७३ बालिका रहेका छन् ।
यो वडामा एक जना अपाङ्गता भएको पाइएको छ ।
बालबालिकाको आवश्यक खोप तथा स्वास्थ्य सेवाको उपभोगमा पहुँच पुग्दै गएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया