काठमाडौँ । नेपाली बजारमा (आज) बुधवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १८ सय रुपैयाँले बढेको हो ।
मङ्गलवार प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १८ सय रुपैयाँले बढेर १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसै गरी,आज चाँदीको मूल्य पनि बढेको छ । मङ्गलवार तोलामा १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया