सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतिताेलाकै मूल्य डेढ लाख

शुक्रबार, १८ साउन २०८१
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेकाे छ । अघिल्लाे दिनकाे तुलनामा प्रतिताेला पाँच सय रूपैयाँले बढ्दै सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार नाै सय रूपैयाँ पुगेको छ। याे मूल्य हालसम्मकै उच्च हाे । यसअघि गत साउन २ गते सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक सय रूपैयाँ बढी हो। सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गराएकाे भएपनि यसदिन चाँदीकाे मूल्य भने घटेकाे छ । बिहीबारकाे तुलनामा प्रतिताेला पाँच रूपैयााले घट्दै चाँदीकाे मूल्य प्रतितोला एक हजार सात सय ९५ रूपैयाँ पुगेको महासंघले जनाएकाे छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार