आज रिहा हुँदै अभिनेता पल शाह

सोमबार, १५ फागुन २०७९
काठमाडौ । अभिनेता पल शाह आज जेल मुक्त हुँदैछन् । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएपछी शाह जेल मुक्त हुन लागेका हुन् । सबै अभियोगबाट पूर्ण सफाइ पाएकाले सोमबार (आज) शाह रिहा हुने पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहमाथि लागेको अभियोगमा सफाइ दिने फैसला गरेको थियो । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएकाले शाह सोमबार रिहा हुन लागेका हुन् । एक गायिकाले सुटिङको क्रममा शाहले आफूलाई बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार