धनकुटामा चिर्पट प्रहार गरी हत्या

विहीबार, ०६ भदौ २०८१
धनकुटा : धनकुटामा चिर्पट प्रहारबाट एक व्यक्तिको हत्या भएको छ । जिल्लाको साँगुरीगढी गाउँपालिका ५, लाप्चेटारमा दाउराको चिर्पट प्रहारबाट एक व्यक्तिको हत्या भएको हो । प्रहरीका अनुसार चौबिसे गाउँपालिका ५ का कमल विश्वकर्माले गत बुधबार चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका ५१ वर्षीय नरवीर विश्वकर्माको मृत्यु भएको हो । चिर्पट प्रहारपछि घाइते भएका नरवीरलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो । उनको उपचारकै क्रममा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक अनिल साहले जानकारी दिए । चिर्पट प्रहारमा संलग्न कमललाई प्रहरीले बिहीबारै पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार