तनहुँ दुर्घटनामा ४१ जनामध्ये १८ जनाले गुमाए ज्यान

शुक्रबार, ०७ भदौ २०८१
काठमाडौँ : तनहुँको आबुँखैरेनीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका १८ जनाले ज्यान गुमाएका छन् । प्रहरीका अनुसार हालसम्म १८ जनाको शव निकालिएको छ । ४१ यात्रुमध्ये अन्य घाइतेको उद्धार भइरहेको प्रहरीले जनाएको छ । पोखराबाट शुक्रबार बिहान काठमाडौँ आउँदै गरेको भारतीय नम्बर प्लेटको युपीएफटी ७६२३ नम्बरको बस ऐना पहरामा दुर्घटना हुँदा मर्स्याङ्दी नदीमा खस्न पुगेको थियो । बसका सबै यात्रु भारतीय नागरिक रहेका छन् । उनीहरू भदौ ५ गते गोरखपुरबाट पोखरा आएका थिए । उनीहरू पोखरास्थित मझेरी रिसोर्टमा २ दिन बसेर काठमाडौँ फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार