तृप्ती र प्रेमको ‘माया यसै छ’ सार्वजनिक

बुधबार, १७ फागुन २०७९
काठमाडौं । गायिका तृप्ती खड्का र प्रेम राजा महतको स्वरमा रहेको मौलिक भाकामा आधारित गीत ‘माया यसै छ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अमेरिकामा रहेर गीत संगीतको प्रवर्द्धन र विकासका लागि सक्रिय गीतकार हरि उप्रेतीको शब्द तथा तृप्ती खड्काको संगीत गीतमा रहेको छ । एथ्लेटिक्स खेलमा पनि सक्रिय बसन्त घिमिरेको निर्माण रहेको गीतमा देव पुनको छायाँकन, मिलन विश्वकर्माको सम्पादन रहेको छ । गीतमा विजय गुरुङ, तृप्ती खड्का बसन्त घिमिरे, नवराज खड्कालगायतको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार