इटहरीमा एक युवकमाथि खुकुरी प्रहार घटनामा संलग्न पाँचजना विराटनगरबाट पक्राउ

बुधबार, १२ भदौ २०८१
इटहरी : इटहरीमा एक युवकमाथि खुकुरी प्रहार गरेको घटनामा संलग्नहरू पक्राउ परेका छन् । इटहरी ६ मा भएको घटनामा संलग्न पाँचजनालाई विराटनगरको बरगाछीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो इटहरी ६ को कुवेर चौकमा एक युवकमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट तत्काल फरार रहेकाहरूलाई प्रहरीले विराटनगरको बरगाछीबाट पक्राउ गरेको हो । उनीहरूलाई बुधबार राति करिब ८ः३० बजेतिर पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको नाम, थर, वतन प्रहरीले तत्काल गोप्य राखेको छ । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीका अनुसार घटनामा संलग्नको खोजी तीव्र पारिएको थियो । उनले भने, ‘घटना के कारण भएको भन्नेबारे थप अनुसन्धान भइरहेको छ ।’ खुकुरी प्रहारबाट इटहरी १६ का अन्दाजी २१ वर्षीय प्रवेश बुढाथोकी घाइते भएका छन् । घाइते भएका उनको उपचार भइरहेको छ । घटनास्थलमा सिसी टिभी फुटेज हेरेर विभिन्न कोणबाट अनुसन्धान सुरू गरेको प्रहरीको भनाइ छ । घटनामा संलग्नहरूलाई कर्तव्य ज्यान मुद्दामा बिहीबार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ । यो पनि – इटहरीमा एक युवकमाथि खुकुरी प्रहार

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार