पाँचथरमा ग्रिनेट विस्फाेट : नाबालक दाजु- बहिनीको मृत्यु

शुक्रबार, १४ भदौ २०८१
इटहरी । पाँचथरको फालेलुङ गाउँपालिका–५, डाँडागाउँमा ´हाेम मेड ग्रिनेट` विस्फोट हुँदा घाइते भएका नाबालक दाजु-बहिनीकाे मृत्यु भएकाे छ । बिहीबार दिउँसो विस्फोट हुँदा दुवै जना गम्भीर घाइते भएका थिए । मृत्युु हुनेमा दिलिप साँवाकी अढाई वर्षीया छाेरी प्रिन्सा र ११ वर्षीय छाेरा दिप्सन रहेकाे प्रहरीले जनाएको छ । प्रिन्साकाे उपचारका लागि लैजाने क्रममा बाटैमा र दिप्सनकाे इलाम पुर्याएपछि मृत्यु भएकाे प्रहरीले जनाएको छ । आइतराज केरुङकाे घरमा दिउँसो ३ बजेतिर आचानक विस्फाेट हुँदा आँगनमा खेलिरहेका ४ जना बालबालिका घाइते भएका थिए । घाइतेमध्ये प्रिन्सा र दिप्सनकाे अवस्था गम्भीर थियाे । आइतराजकाे घरमा ज्ञानबहादुर राईकाे परिवार बस्दै आएकाे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा उनका ९ वर्षीय छाेरा पवन र अर्का एक बालक पनि घाइते भएका छन् । उनीहरुकाे अवस्था समान्य छ । उपचार जारी रहेको प्रहरीले जनाएको छ । डल्लो आकारको देखिने वस्तु विष्फाेट भएको थियो । त्याे वस्तु ´हाेम मेड ग्रिनेट` भएकाे प्रहरीले जनाएको छ । पाँचथर प्रहरी प्रमुख डीएसपी हेमन्त भण्डारीका अनुसार केरुङकाे घरमा अर्काे पनि ग्रनेट फेला परेकाे छ । उक्त वस्तु कसले राखेको हाे र कसरी विष्फाेट हुन पुग्याे भन्ने बारेमा अनुसन्धान सुरु गरिएकाे जानकारी भण्डारीले दिए । थप विषय अनुसन्धानपछि प्रष्ट हुने उनकाे भनाइ छ ।    

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार