इलाम : माइजोगमाई गाउँपालिका–५, सोयाङस्थित साठीमुरेका ५४ वर्षे रामकुमार श्रेष्ठ सात दिनदेखि बेपत्ता छन् ।
भदौ ७ देखि हराएका श्रेष्ठ अहिलेसम्म फेला नपरेको परिवारजनले जनाएका छन् ।
खोजीका लागि स्थानीय, प्रहरी र जनप्रतिनिधिसमेत लागिरहेपनि फेला पार्न नसकेको स्थानीय केदार श्रेष्ठले जानकारी दिए ।
रामकुमार गत शुक्रवार राति ११ बजेसम्म घरमै सुतिरहेका थिए । बिहान भने घरमा नभएको पारिवारजनले बताए । राति उनी टर्च लाइट लिएर घरबाट हिँडेको भन्ने जानकारी पाएको स्थानीय योगेन घिमिरेले बताए।
रामकुमारका एक छोरा वैदेशिक रोजगारीमा छन् । घरमा पत्नी र दुई छोरी छन् । खोजी गरिदिन परिवारले सम्पूर्णमा अनुरोध गरेको छ ।
प्रतिक्रिया