खोटाङ : नाबालिकालाई जबरजस्ती गरेको आरोपमा जिल्लाको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ३१ वर्षीय शम्भुधन राईलाई प्रहरीले पक्राउ गरेको छ ।
१४ वर्षीया बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका पुरुषले पटक–पटक जबरजस्ती करणी गरेको र पछिल्लो पटक २०८० फागुन ८ गते बिहान ९ बजे जबरजस्ती गरेको पीडितका अभिभावकको उजुरीको आधारमा शुक्रबार पक्राउ गरिएको हो ।
पक्राउ परेका राईमाथि आइतबार पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया