घाँस काट्न गएकी महिलाको लडेर मृत्यु

मंगलबार, १८ भदौ २०८१
पाँचथर / फालेलुङ गाउँपालिका–५ लुदिनटारकी ५५ वर्षीय महिलाको घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मनकुमार तामाङकी श्रीमती लक्षिमा तामाङ रहेकी छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीका अनुसार मृतकको शव जिल्ला अस्पताल ल्याइएको छ । यसैबिच पाँचथरकै हिलिहाङ २ कावेली खोलामा एक जना पुरुषको बेवारिसे शव भेटिएको छ । पुरुषको शव भए पनि कसको हो भन्ने खुल्न सकेको छैन । शवको पहिचान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार