मोरङको सुन्दरहरैँचामा गोरु काट्दै गर्दा महिला पक्राउ, ४ जना फरार

सोमबार, २४ भदौ २०८१
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मुस्लिम टोलमा गोरु काट्दै गरेको अवस्थामा भेटिएकी १ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न ४ जना प्रहरीलाई छलेर फरार भएका छन् । मुस्लिम टोलकी ३१ वर्षीया ताजकेरा खातुनको घरभित्र गोरु काट्दै गर्दा सोमबार बिहान प्रहरीले फेला पारेको थियो । बिहान ११ः३० बजेतिर प्रहरी पुग्दा घरभित्र धमाधम गोरु काट्ने काम भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । प्रहरी आएको देख्नासाथ गोरु काट्दै गरेका ४ जना फरार भएका थिए । फरार भएकाको नाम प्रहरीले सार्वजनिक गरेको छैन । इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले उनीहरुको खोजी गरिरहेको छ । डीएसपी बस्नेतले घरधनी खानुतलाई भने गोरुको मासुसहित पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको बताए । ‘गोरु काटेर मासु बाँडफाँट गर्ने योजना रहेको पाइयो,’ उनले भने, ‘थप कुरा अनुसन्धानपछि मात्रै खुल्छ ।’ उनका अनुसार पक्राउ परेकी खातुनकै घरमा पालेको गोरु काटेको पत्ता लागेको । मुलुकी अपराध संहिता, २०७४ ले गाई गोरु मारेमा ३ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेको छ । संहिताको दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैनभन्ने उल्लेख छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार