कोशी प्रदेशमा सरकार विस्तार, काङ्ग्रेसबाट चार मन्त्री नियुक्त

शुक्रबार, २८ भदौ २०८१
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीपरिषद् विस्तार गरेका छन् । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले थप गरेका हुन् ।  नव नियुक्त मन्त्रीहरुले शपथ ग्रहण पनि गरेका छन् । शुक्रबार उनले नेपाली कांग्रेसबाट तीन जना मन्त्री र एक राज्यमन्त्रीलाई नियुक्त गरेका हुन् । उनीहरुले प्रदेश प्रमुखबाट शपथ ग्रहण पनि गरेका छन् । योसँगै प्रदेशको मन्त्रीपरिषद् संख्या १० पुगेको छ । कांग्रेसको नेतृत्व गर्दै भुपेन्द्र राई भौतिक पूर्वधार मन्त्री बनेका छन् । उनी कृष्णप्रसाद सिटौला समूहका हुन् । खगेनसिह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री , सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री नियुक्त भएका हुन् । हाङ्गाम सभापति शेरबहादुर देउवा समूहका हुन् । मण्डल भने संस्थापन भित्रकै ज्ञानेन्द्र कार्कीको समूहका हुन् । कृष्ण सिटौला पक्षका भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार