खुल्यो अमेरिका जाने डीभी भिसा, कसरी भर्ने ?

विहीबार, १७ असोज २०८१
काठमाडौँ : २०२६ का लागिअमेरिकाले प्रदान गर्ने इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इडीभी) बुधबार रातिबाट खुला भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार गए राति ९ः४५ बजेबाट शुरु हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ । डीभी कार्यक्रमका लागि हुने छनोट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने दूतावासले जनाएको छ । एक जनाले एउटा मात्र आवेदन बुझाउनु पर्ने दूतावसले जनाएको छ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन् । दूतावासले डीभी चिट्टा असोज १६ को रातिदेखि खुल्न लागेको जानकारी दिँदै आवेदन भर्न कुनै शुल्क नलाग्ने प्रष्ट पारेको छ । डीभी कार्याक्रममा सहभागी हुन इच्छुकले  https://dvprogram.state.gov/   मा गएर तोकिएको अवधिमा आवेदन भर्न सक्नेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार