चीनमा ग्यास चुहावट हुँदा सात जनाको मृत्यु, चार घाइते

सोमबार, २८ असोज २०८१
जिनान: पूर्वी चीनको शानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा शनिबार दिउँसो भएको विषाक्त ग्यास चुहावट हुँदा सात जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । ग्यास दिउँसो १ः३० बजे चुहावट भएको शौगुआङ शहरको आपतकालीन व्यवस्थापन ब्यूरोले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको ब्यूरोले जनाएको छ । साथै, दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार