केपी ओली सरकार रहेसम्म जनताले दुख पाइरहन्छन् : रवि लामिछाने

आइतबार, ०४ कार्तिक २०८१
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केपी ओली सरकार रहेसम्म जनताले दुख पाइरहने टिप्पणी गरेका छन् । कास्की जिल्ला अदालत परिसरमा संचारकर्मीहरुसँग कुराकानी गर्दै लामिछानेले आफूलाई न्यायालयप्रति विश्वास रहेको भन्दै आम जनतालाई सरकारविरुद्ध प्रदर्शनमा आउन आव्हान गरेका छन् । उनले भने- ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ ।’ लामिछानेलाई प्रहरीले केहीबेर अघि अदालतमा पेस गरेको छ भने रास्वपाका नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार