सुनसरी ४ मा कांग्रेसले किन स्थगित गराए मतगणना ?

सोमबार, १२ मंसिर २०७९
इनरुवा । मतपरिणाममा असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसले स्थगित गराएको सुनसरी निर्वाचन क्षेत्र नम्बर-४ को मतगणना अझै सुरु भएको छैन । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना भइरहदा नेकपा एमालेका उम्मेदवारले पाएको भन्दा बढी मतगणना गरिएको भन्दै त्यसलाई सच्याउनु पर्ने मागसहित नेपाली कांग्रेसले शनिबार दिउँसोबाट मतगणना रोकेको हो । सुनसरी सदरमुकाम इनरुवा स्थित भगवती माध्यमिक बिद्यालयमा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुशियैतले पाएको भन्दा बढी मत उनको पक्षमा गन्ना गरिएको देखिएको हुँदा त्यसलाई सच्याउने मागसहित मतगणना स्थगित गराइएको नेपाली कांग्रेस सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का सचिव रोशन खड्काले जानकारी दिए । उनका अनुसार शुक्रबार राति मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम सुचीमा नेकपा एमालेको मत परिणाममा ६०६ मत थप गरी सार्वजनिक गरेपछी नेपाली काङ्ग्रेसले निर्वाचन आयोगबाट खटिएका कर्मचारीहरुले धाधली गरेको आरोपसहित निवेदन दिएर नेपाली काङ्ग्रेसले मतगणना स्थगित गराएको हो । उक्त विषयमा आवश्यक छलफल गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार साँझ र आइतबार बिहान दुईपटक सर्वदलीय बैठक डाकेकाे भएपनि सहमति हुन सकेको छैन । आफूहरूलाई धाधली गरेको आशंका लागेर मतगणना स्थगित गराएको बताउदै सचिव खड्काले मुख्य निर्वाचन अधिकृतको कार्यालयले आफूहरूलाई आश्वस्त पारेको अवस्था मात्रै मतगणना सुरु हुने बताए । कांग्रेसले किन स्थगित गराए मतगणना ? सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ को मतगणना सम्पन्न भएपछि सार्वजनिक गरेको मत परिणाममा बराहक्षेत्र नगरपालिका-८ मा ६०६ मत थप गरि २० हजार २११ मतपरिणाम मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवा सुनसरीले सार्वजनिक गरेपछि विवाद उत्पदन भएको थियोे । सर्वदलीय बैठकमा बोल्दै मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद अधिकारीले त्रुटि भएको स्वीकार गर्दै त्रुटि सच्याएर मतगणना सुरु गराउन सबैमा आग्रह गर्दै आएका छन् । यद्यपि विवाद समाधानका लागि सर्वदलीय बैठक बसे पनि  सहमति जुट्न भने सकेको छैन । आइतबार दिउँसो सम्पन्न बैठक बिना निष्कर्ष टुङ्गिएको थियो । बैठकमा नेपाली काँग्रेसले गणनामा धाँधलीको आशंका गर्दै पुनः मत गणनाको माग दोहोर्‍याउँदै आएको छ । सर्वदलीय बैठक डाकी मध्यमार्गी बाटो खोज्ने प्रयास भएको भएपनि सहमति भने जुट्न सकेको छैन । कांग्रेसका उम्मेदवार तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गणना प्रक्रियामा कर्मचारीको हेलचेक्र्याइँ देखिएकाले समग्र परिणाम प्रति नै आशंका व्यक्त गरेका छन् ।सोही कारण नेपाली कांग्रेसले पुनः मतगणनाको अडान राख्दै आएको अवस्था छ । यस्ता छन् कांग्रेसको अडान सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणनाको निर्वाचन परिणाममा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतको मतमा ६०६ मत बढी थपिएपछि विवाद भएको हो । निर्वाचन अधिकृतले आयोगमा पठाएको ६०६ मत आयोगले सार्वजनिक गर्दा १२१२ मत भएपछि कांग्रेसले आपत्ति जनाएको थियो। यसरी थप देखिएको ६०६ मतमा आफूले गल्ती गरेको भन्दै आयोगले त्यो मत हटाउने र गणना सुरु गर्ने प्रस्ताव गरेपनि नेपाली कांग्रेसका उम्मेदवार कार्कीले त्यो प्रस्ताव मानेका छैनन्। ‘सुरुदेखि नै एमाले उम्मेदवारको मतमा यसरी नै मत थपिएको आशंका भयो,’ सर्वदलीय बैठकमा कार्कीले भने, ‘त्यसैले यहाँ मतगणना सुरुदेखि नै हुनुपर्छ।’ मतगणना चलिरहेको अवस्थामा एकैचोटि ६०६ रुखको मत सुर्यमा जोडी माइकमा एलोन्स गरियो हामीले समातेपछि फेरि सचयाइयो नेपाली कांग्रेसका एक नेता भने मतगणना गर्ने बेलामा रुख चिन्हमा मोहर लगेको मतलाई हाम्रो सुर्य भन्न पाउछन् मतगणनामा खटिएका कर्मचारीहरुले ?` ति नेताले गम्भीर आरोप लगाउदै प्रश्न गरे । रुख चिन्हको मतलाई कुनै कुनै बेला गन्नाका कर्मचारीहरुले सुर्यको कोलममा धर्को तान्ने लास्टमा काउन्टिङ मिलाउदा कर्मचारी र दल प्रतिनिधिको जोडमा २/३ मत फरक देखिने र लास्ट मा कर्मचारीको गन्ना लाई सदर मान्ने गरेको पाइयो´ ति कांग्रेसी नेताले निर्वाचनमा खटिएका कर्मचारीमाथि गम्भीर आरोप लगाउदै भने ।` यो घटना बारम्बार भइरहदा दलका प्रतिनिधिले गन्ना भएको १०० मतलाई पुनः गन्ना गर्न लागाउदा दुई मत गाछीमा बढी भयो ।´ गन्ना गर्ने बेलामा रुखमा आएको मतलाई सुर्यमा धर्को लगाउदा एक प्रहरीले हेरेर रुख हो सुर्यमा धर्को तानियो भनेपछि ति मतगणनामा खटिएका कर्मचारीले मिस्टेक भयो भन्दै गलती स्वीकार गरेको प्रमाण आफूहरूसँग सुरक्षित रहेको नेपाली कांग्रेसले जनाएको छ ।´ यी सबै घट्नाक्रमले सबै गण्क कर्मचारी को एमाले तिर झुकाव देखियो नेपाली कांग्रेस एकजना युवा नेताले भने लोकल कर्मचारीहरु नेताहरु को पास कार्ड झुन्ड्याइ बारम्बार भित्र बाहिर गरिरहेको पाइयो ।` यस्तै बिना दस्तखतको ब्यालेट पेपर भेट्नु,रुखको मत प्रतिनिधि र प्रदेशमा तलमाथि देखिनु,१०० मतगणनामा २ मत मात्रै हेर फेर हुदा ६० हजार मतमा कति घोप्ला भए हो ?` आरोप लगाउदै ति नेताले प्रश्न गरे । मतगणनामा रहेका कर्मचारीहरु एमालेका केहि व्यक्तिको इच्छाअनुसार मतगणना स्थलमा खटेर काम गरेको देखिएको नेपाली कांग्रेसले आरोप लगाएको छ । यता एमाले उमेदवार जगदीश प्रसाद कुसियैतले भने काँग्रेसको आरोप निराधार रहेको बताएका छन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयले नै मतगणना र सुरक्षा व्यवस्थामा चुक नभएको बताएकाले गणना रोकिनु नहुने बताएका हुन् ।यता मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद अधिकारीले सर्वदलीय बैठकले सहमतिको प्रयास गरिरहेको  बताए । उनले गणनामा असहजता देखिएकाले मत गणना रोकिएको जानकारी दिँदै सर्वदलीय  बैठकको निर्णय बमोजिम अघि बढ्ने बताए । मुख्य निर्वाचन अधिकृत अधिकारीले विवादका रूपमा रहेको वराहक्षेत्र ८ को  ६०६ मत स्थानीय अपडेटमा कर्मचारीको त्रुटिका कारण दोहोरो गणना हुन पुगेपनि आयोगको मूल डाटामा इन्ट्री तथा पोस्टिङ नभएकाले गणना विवरणमा आशंका गर्ने ठाउँ नरहेको बताए । उनले उम्मेदवारहरुबिच सहमति गरी गणना सुचारु गर्ने प्रयास भइरहेको बताए । मतगणना रोकिँदासम्म कार्कीले २३ हजार ४३९ र एमालेका कुसियैतले २३ हजार ३४१ मत पाएका छन्। कुसियैत भन्दा कार्की ९८ मतले अगाडि रहेको अवस्थामा मतगणना स्थगित गरिएको थियो । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को लगभग ६० मतगणना सम्पन्न भएको छ भने यसक्षेत्रमा जम्मा रहेका १ लाख २८ हजार ८५ जना मतदातामध्ये ८१ हजार २ सय ३३ मत खसेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार