जनता बहुमुखी क्याम्पस इटहरीमा स्ववियु निर्वाचन स्थगित

बुधबार, २८ फागुन २०८१
इटहरी : जनता बहुमुखी क्याम्पस इटहरीमा  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन कार्यक्रम स्थगित गरिएको छ। निर्वाचन समितिले मङ्गलवार सूचना जारी गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि सम्पूर्ण निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको छ । निर्वाचन संयोजक सञ्जीवकुमार यादवद्वारा हस्ताक्षरित सूचनामा आगामी सूचना नआएसम्म निर्वाचनसम्बन्धी कुनै पनि कार्यक्रम सञ्चालन नहुने जनाइएको छ। जनता बहुमुखी क्याम्पस अनेरास्ववियु कमिटीले निर्वाचन समितिले प्रकाशन गरेको मतदाता नामावलीमा असन्तुष्टि जनाउँदै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको थियो । तालाबन्दी गरेपछि बुधवार ताला खोल्न बैठक बसेको भए पनि सहमति नभएपछि स्ववियु निर्वाचन अनिश्चित बनेको हो । निर्वाचन कार्यक्रम स्थगित भएपछि विद्यार्थी तथा सरोकारवालाहरू अन्योलमा परेका छन्।  

यो पनि - स्ववियु : जनता क्याम्पसको निर्वाचन कार्यालयमा अनेरास्ववियुले लगायो ताला

https://pradeskhabar.com/?p=90539      

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार