विराटनगर : मोरङमा मानव कंकाल फेला परेको छ । जिल्लाको केराबारी गाउँपालिका–१ ढोडेदह भन्ने ठाउँमा बुधबार मानव कंकाल फेला परेको हो ।
दाउरा खोज्न गएका स्थानीयले मानव कंकाल देखेपछि प्रहरीलाई बिहान १० बजेतिर खबर गरेका थिए ।
मृत्यु भएको मानिसको शरीरका हड्डीहरू फेला परेका छन् । लगाएको कपडाका आधारमा उक्त कंकाल पुरुषको भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी घटनास्थलबाट उठाएर कंकाललाई परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।
प्रहरीका अनुसार कंकालबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया