बालुवाटारमा निषेधित क्षेत्र तोड्न खोज्दा रास्वपा सांसद अशोक चौधरीसहित कार्यकर्ताहरू पक्राउ

मंगलबार, १३ कार्तिक २०८१
काठमाडौं । काठमाडौंको बालुवाटारमा प्रदर्शन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदसहित कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ । आज (मंगलबार) बालुवाटारको नेपाल हाउस रेष्टुरेन्ट अगाडिबाट सांसद अशोककुमार चौधरीसहित कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो । निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । रास्वपाले बालुवाटार घेराउ गरी आन्दोलन गर्ने तयारी गरेको थियो । उक्त आन्दोलन गर्न पुगेका कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रधानमन्त्री निवास बालुवाटार नजिकै तय भएको प्रदर्शनलाई मध्यनजर गरेर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार